नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्ति कुमार बेगवानी सर्वसम्मत निर्वाचित

 0  7
नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्ति कुमार बेगवानी सर्वसम्मत निर्वाचित

३१ जेठ, काठमाडौं । नेपाल रत्न तथा आभूषण संघको २०औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट शक्ति कुमार बेगवानी सर्वसम्मतरूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्।

काठमाडौंमा सम्पन्न अधिवेशनमा रत्न तथा आभूषण व्यवसायसँग आबद्ध व्यवसायी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा व्यवसाय क्षेत्रको वर्तमान अवस्था, व्यवसायीहरूले सामना गरिरहेका चुनौती, कर नीतिको प्रभाव, बहुमूल्य धातु तथा रत्न–आभूषण व्यवसायको प्रवर्द्धन र विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष बेगवानीले संघको नेतृत्व सम्हाल्दै व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै व्यवसायमैत्री वातावरण निर्माण, नीति सुधारका लागि सरोकारवाला निकायसँग समन्वय तथा रत्न–आभूषण क्षेत्रको दिगो विकासका लागि संघलाई थप सक्रिय र प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए।

अधिवेशनले आगामी कार्यकालका लागि संघको नेतृत्व चयन गर्नुका साथै व्यवसाय क्षेत्रको समग्र उत्थानका लागि आवश्यक रणनीति र योजनामाथि समेत व्यापक छलफल गरेको जनाएको छ। व्यवसायीहरूको साझा हितका विषयमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता सहभागीहरूले औँल्याएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow