आकाशियो सुनको मूल्य, चाँदीले पनि बनायो नयाँ रेकर्ड

 0  17
आकाशियो सुनको मूल्य, चाँदीले पनि बनायो नयाँ रेकर्ड

काठमाडौं, ८ पुस । साताको तेस्रो दिन आज मंगलबार सुन तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ५ हजार ५ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनले मंगलबार उक्त मूल्यलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाइरहेको बेला नेपालमा पनि यसको असर परेको हो । आज सुन सँगै चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow