एमाले अध्यक्षमा तेस्रो पटक पनि ओली विजयी

 0  13
एमाले अध्यक्षमा तेस्रो पटक पनि ओली विजयी

काठमाडौं, ३ पुस । १६६३ मत ल्याउँदै नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्।

११औँ महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् ।

ओलीले १६६३ मत ल्याउदा पोखरेलले ५६३ मत प्राप्त गरेका हुन्। मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ । ११औँ एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि रहेकोमा ३६ जना मत हाल्न गएका थिएनन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow