आजदेखि कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सकिने

 0  16
आजदेखि कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सकिने

काठमाडौं, २६ साउन । कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन दिन सकिने भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आज सोमबारदेखि बिहीबारसम्म आवेदन दिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरिएकोमा उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिने जानकारी दिएको हो। यस वर्षका लागि एचआरडी कोरियाले अनुमानित ५ हजार ३ सय कोटा छुट्याउँदै परीक्षा कार्यक्रमको तालिका पठाएको हो।

कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने पनि सूचनामा जानकारी दिइएको छ। आवेदन दिँदा एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा फारम भर्नपर्छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले ईपीएस नेपालमा गई अनलाइन आवेदन फारम भर्नुपर्नेछ।

आवेदन भर्दा राहदानीको फोटो अपलोड गर्नुपर्छ भने इमेल र फोन नम्बर पनि अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ। आवेदन फारम भर्दा गल्ती भएमा परीक्षामा सामेल हुन पाइनेछैन। आवेदन फारम दर्ता भइसकेपछि सच्याउन समेत पाइनेछैन। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow