विश्वकप छनोटबाट बाहिरियो नेपाल
काठमाडौं, १२ माघ । अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ।
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो।
समूह चरणमा भएका खेलमा एकमा जित र तीनमा हार भोग्दै नेपाल ग्लोबल छनोटबाटै बाहिरिएको हो। स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ९ विकेट गुमाएर ६८ रन बनाउँदा अलआउट भएको थियो ।
कप्तान इन्दु बर्मा ५ बलमा ५ रन बनाउँदा रिटायर्ट आउट भइन्। त्यसपछि उनी ब्याटिङमा आउन नसक्दा नेपाली टोली अलआउट भएको हो। नेपालको हारसँगै थाइल्यान्ड भने एक खेलअगावै सुपर सिक्समा पुगेको छ।
What's Your Reaction?





