कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत फेला
काठमाडौं, २४ साउन । शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला परेका छन् ।
शुक्रबार दिउँसा कपिलवस्तु–३ स्थित घरबाट निस्किएका नेता सिंहले साँझतिर आफू जंगलमा बाटो बिर्सिएर हराएको भन्दै आफू निकटका केही व्यक्तिलाई फोन गरेका थिए ।
पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।
आज त्यही आसपास नै सिंहको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
हाल कांग्रेसका जिल्ला कार्यसमिति सदस्यसमेत रहेका सिंहको मृत्युको कारण खुल्न नसकेको कांग्रेस लुम्बिनीका महामन्त्री सुरेन्द्र आचार्यले जानकारी दिए।
What's Your Reaction?





