बालेनले दिए राजीनामा

 0  19
बालेनले दिए राजीनामा

काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन् ।

मेयर शाहले आज दिउँसो उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा रहेका बालेनले अन्ततः पदबाट राजीनामा दिएका हुन् ।

बालेनको राजीनामासँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएका छन्। ‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु,’ राजीनामा पत्रमा भनेका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow