हात्तिवनमा अवस्थित 'शुभलक्ष्मी ज्वेलरी'को समुद्घाटन (तस्विरसहित)
काठमाडौं,२ माघ । ललितपुरको हात्तिवनमा अवस्थित शुभलक्ष्मी ज्वेलरीको समुद्घाटन गरिएको छ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष खेम तिरुवाले संचालन गरेको शुभलक्ष्मी ज्वेलरी, सुनचाँदी पसलको आज एक कार्यक्रमबीच नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल राष्ट्रिय सुनचाँदी व्यवसाय मञ्चका अध्यक्ष डम्बर बराईलीले रिबन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष किसान सुनार, पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष द्वारिका शंकर, महासचिव निर बहादुर धमला, सदस्य किशोर सेन्चुरी त्यसैगरी मञ्चका अध्यक्ष डम्बर बराईली, उपाध्यक्ष भूपेन्द्र राई, मञ्चका महासचिव हेम राई, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष केशब सुनार, पूर्व अध्यक्ष अर्जुन दुराईली, पूर्व उपसभामुख, पूर्व माननीय तथा एमाले केन्द्रिय सदस्य प्रतिक्षा तिवारीलगायत मञ्चका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष सुनारलगायतले वरिष्ठ उपाध्यक्ष तथा शुभलक्ष्मी ज्वेलरीका संचालक खेम तिरुवालाई बधाई दिँदै आगामी दिनहरुमा व्यवसाय सफलताको शुभकामना प्रदान गरे।
शुभलक्ष्मी ज्वेलरीमा सुनचाँदीलगायतका आधुनिक, परम्परागत तथा मौलिक गर-गहनाहरु पाईने भएकाले संचालक खेम तिरुवाले सम्पूर्ण ग्राहकवर्गहरुलाई शुभलक्ष्मीमा आउन आग्रह गरेका छन् ।
What's Your Reaction?





