झापा-५ बाट बालेनको उम्मेदवारी दर्ता

 0  11
झापा-५ बाट बालेनको उम्मेदवारी दर्ता

झापा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर राजनीतिमा होमिएका बालेनले दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा समर्थक र बाजागाजासहित पुगेर मनोनयन पत्र दर्ता गराएका हुन्।

उनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्द बराल रहेका छन् । विभिन्न झाँकी र र्‍यालीसहित निर्वाचन कार्यालय पुगेका शाहलाई स्वागत गर्न रास्वपाका कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow