जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार : सोबिता गौतम

 0  12
जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार : सोबिता गौतम

काठमाडौं, २३ भदौ । रास्वपा सांसद् सोबिता गौतमले अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ भन्दै आक्रोश पोखेकी छन् ।

जेनजी प्रदर्शनका क्रममा युवाहरुले ज्यान गुमाउनु परेको भन्दै सोबिताले सरकारले बन्दुकको बलमा देशको भविष्यको हत्या गरेको आरोप लगाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत प्रदर्शनकारीलाई पछाडि हटाउन असङ्ख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधै गोली चलाएको र बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता नभइ कायरता भएको बताएकी छन् ।

उनी लेख्छिन्, ‘कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोल्यो, यो हत्या हो । जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो, अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ । यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो । यो सानो बहानामा आफ्नै जनतालाई मार्दै हिँड्ने आतंकवादी मानसिकताको सरकार हो।’ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow