सात बुँदे माग राख्दै दिक्तेलका मेयर अनशनमा

 0  19
सात बुँदे माग राख्दै  दिक्तेलका मेयर अनशनमा

काठमाडौं, ११ साउन । सात बुँदे माग राख्दै खोटाङको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आइतबारदेखि काठमाडौंको माइतीघरमा सत्याग्रह सुरु गरेका छन्।

बाँस, काठ, गाँजा, लोकल रक्सीजस्ता स्थानीय सामग्रीको प्रयोग वैधानिक बनाउन कानून निर्माण, भवन निर्माणको कोडमा समावेश, जलवायु संकटको समाधान र अन्तर्राष्ट्रिय मञ्चमा नेपालका पक्षमा लविङ गर्नुपर्नेलगायतका सातबुँदे माग राख्दै आजदेखि उनले तीन दिनको भोक हड्ताल सुरू गरेका हुन्।

कपाल मुन्डन गरि बाँसका मुडा बोकेर सत्याग्रह सुरु गरेका उनले  सरकारले आफ्ना माग समेबोधन नगरे साउन १४ गतेदेखि अनिश्चितकालीन आमरण अनशन गर्ने चेतावनी दिएका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow