सिन्धुलीमा भत्ता बुझेका एकै परिवारका १६ जना बेपत्ता
काठमाडौं, १२ साउन । सिन्धुलीमा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ ।
बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ जना छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू छन्। उनीहरुले घर एकान्तमा भएकाले एउटा भैँसी गाउँकै अर्को घर नजिकै बाँधेका थिए। हरेक दिन घाँस पानी गर्न उनीहरु बिहीबारदेखि भैँसीलाई घाँस हाल्न नगएपछि स्थानीयले सोमबार बिहान घरमै पुगेर हेर्दा ढोका खुल्लै थियो भने घरमा मान्छे कोही पनि थिएनन्। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका हुन् ।
हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको जानकारी प्राप्त भएको छ । उनीहरूले १६ जना परिवारको तीन महिनामा करिब १ लाख ९२ हजार रुपैयाँ भत्ता लिएको स्थानीयले जानकाी दिए ।
What's Your Reaction?





