निर्वाचनका बेला ३ दिन बिदा दिन सरकारलाई आयोगको पत्र
काठमाडौं, १० फागुन । निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगले आज आइतबार सरकारलाई पत्र लेख्दै फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिन सिफारिस गरेको हो । बिदा बारे सरकारको निर्णय भने आउन बाँकी नै छ ।
What's Your Reaction?





