रुपन्देही र पोखरामा पनि कर्फ्यू आदेश जारी

 0  24
रुपन्देही र पोखरामा पनि कर्फ्यू आदेश जारी

काठमाडौं, २३ भदौ । जेनजी युवाहरुको प्रदर्शनले उग्र रुप लिएपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिए ।

यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले पनि पोखरा महानगरपालिका क्षेत्रमा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी  गरेको छ ।

प्रशासनले जेन–जी प्रदर्शनका कारण महानगर क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow