माधव नेपाल अस्पताल भर्ना
काठमाडौं, १५ माघ । छातीमा संक्रमण देखिएपछि नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई अस्पताल भर्ना गरिएको छ ।
रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका नेता नेपाललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।
रुघा, खोकी र ज्वरोसँगै स्वास फेर्न समस्या हुन थालेपछि नेपाललाई त्रिवि शिक्षण अस्पतालको छाती रोग विभागमा भर्ना गरिएको छ। उनको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले जानकारी दिए ।
What's Your Reaction?





