निर्वाचन अपडेट ! काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ मा विराजभक्त अगाडि !
हेम राई
काठमाडौं, १४ माघ । काठमाडौं–८, काठमाडौं जिल्लाको १० संसदीय निर्वाचन क्षेत्रमध्ये एक हो। यो नयाँ निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदन अनुसार २०७४ सालमा गठन गरिएको हो। यस क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नं : १३, १५, १९, २०, २३ र २४ साथै नागार्जुन नगरपालिकाको वाड नं : ४ र ५ समावेश रहेको छ |
गत निर्वाचन २०७९ को मत परिणाम यस प्रकार रहेको थियो -
विजयी : विराजभक्त श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपा) अन्य उम्मेदवारहरूमध्ये श्रेष्ठले सबैभन्दा धेरै १०,११२ मत पाएका थिए।
सुमन सायमी (हाम्रो नेपाली पार्टी) : ६,१७९
जीवनराम श्रेष्ठ (एकीकृत समाजवादी) : ४,८८१
प्रकाश रिमाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ४,३८८
शिव सुन्दर राजवैद्य (एमाले) : ३,८९१
२०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरु को कस्ता छन् ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): विराजभक्त श्रेष्ठले काठमाडौं–८ बाट उम्मेदवारी दर्ता गरेका छन्। उनी यसै क्षेत्रबाट दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन्। उनले यसअघि २०७९ मा प्रतिनिधिसभामा जितेका थिए र केही समय युवा तथा खेलकुद मन्त्री समेत भएका थिए।
नेपाली कांग्रेस : कांग्रेसले काठमाडौं–८ को लागि आफ्नो उम्मेदवार सपना राजभण्डारी घोषित गरेको छ। कांग्रेसको युवा पङ्क्तिबाट उदाउँदै गरेकी नेतृ नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा अगाडि सारिएको, युवा मतदाता लक्षित रणनीति , महिला नेतृत्वलाई अघि बढाउने आदि कुराले प्रभाव पारेको देखिन्छ |
एमाले : एमालेका उम्मेदवार राजेश शाक्य नेकपा एमालेका पुराना कार्यकर्ता तथा सङ्गठनमा सक्रिय नेता हुन्। उनी काठमाडौं उपत्यकाभित्रका पार्टी सङ्गठन, जनसम्पर्क र अभियानमा लामो समयदेखि संलग्न रहँदै आएका छन्।
नेपाल कम्युनिष्ट पार्टी : नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार सुमन सायमी काठमाडौंका स्थानीय युवा राजनीतिक नेता हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-८ बाट उम्मेदवार बनेर उल्लेखनीय मत प्राप्त गरेपछि चर्चामा आएका थिए।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं निर्वाचन क्षेत्र नं. ८ मा पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद विराजभक्त श्रेष्ठ चर्चाको केन्द्रमा छन्। २०७९ को चुनावमा ऐतिहासिक जित निकालेका श्रेष्ठ यसपटक पनि प्रतिस्पर्धामा अग्रपङ्क्तिमा देखिनुको पछाडि केही ठोस कारणहरू रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
विराज भक्त श्रेष्ठ हालका निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्। यसबीच उनले संसद्मा काठमाडौं–८ का मुद्दा उठाएको, मन्त्रालय र सरकारी निकायसँग समन्वय गरेको,स्थानीय समस्यामा चासो देखाएको भन्दै समर्थकहरूले निरन्तरता दिनुपर्ने मत व्यक्त गरिरहेका छन्। “काम गर्न अवसर दिएको उम्मेदवारलाई फेरि मौका” भन्ने मनोविज्ञान उनको पक्षमा देखिन्छ।
रास्वपाको सहरी पकड अझै बलियो-काठमाडौं–८ जस्तो शहरी क्षेत्रमा सुशासन भ्रष्टाचार विरोध पारदर्शिता जस्ता मुद्दा अझै पनि प्रभावकारी छन्। रास्वपाको राजनीतिक एजेन्डा यस क्षेत्रका शिक्षित, मध्यमवर्गीय र युवामतदातासँग अझै मेल खाने देखिन्छ, जसको प्रत्यक्ष लाभ विराज भक्त श्रेष्ठलाई पुग्ने आँकलन छ।
युवा मतदाता र नयाँ मतदाताको समर्थन-हरेक चुनावसँगै काठमाडौं–८ मा नयाँ मतदाताको संख्या बढ्दै गएको छ। युवामाझ विराज भक्त श्रेष्ठको उमेर, संवाद शैली, सामाजिक सञ्जालमार्फत सक्रियताले उनीहरूलाई आकर्षित गरिरहेको देखिन्छ। नयाँ मतदाताको झुकाव परिवर्तनमुखी उम्मेदवारतर्फ हुने सम्भावना बलियो मानिन्छ।
आउँदो निर्वाचनमा काठमाडौं–८ मा विराज भक्त श्रेष्ठले पुनः जित निकाल्न सक्ने बलियो आधारहरू देखिन्छन् । विशेषतः वर्तमान सांसदको हैसियत, रास्वपाको शहरी प्रभाव, युवा मतदाताको समर्थन र विपक्षी मत विभाजनका कारण।
What's Your Reaction?





