काठमाडौं उपत्यकामा पनि हल्का वर्षा

 0  18
काठमाडौं उपत्यकामा पनि हल्का वर्षा

काठमाडौं, १४ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ ।

हिउँद लागेसँगै आज काठमाडौंमा यो वर्षको पहिलो वर्षा भएको हो। मंगलबार रातिदेखि नै पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगमा वर्षासँगै हिमपात पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपाल हुँदै सरेको वर्षा काठमाडौंसम्म आइपुगेको हो। विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ ।

बादल क्रमश पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुग्ने छ । आज दिनभर काठमाडौंमा मौसम खुल्ने सम्भावना कमै रहेको विभागले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow