झापा–५ मा ओलीले नै चुनाव जित्ने शंकर पोखरेलको दाबी

 0  14
झापा–५ मा ओलीले नै चुनाव जित्ने शंकर पोखरेलको दाबी

काठमाडौं, १६ माघ । एमाले महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीलाई झापा–५ मा निर्वाचनमा विजयी हुन कुनै पनि समस्या नरहेको दाबी गरेका छन्।

प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सामाजिक सञ्जाल हेर्दा झापा–५ मा बालेन्द्र साहको हल्लाखल्ला भए पनि उक्त निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई चुनाव जित्न समस्या नहुने बताएका हुन्।

सामाजिक सञ्जालमा देखाइएको भीड र मतदानमा खस्ने मत फरक कुरा भएको उनको भनाइ छ । महासचिव पोखरेलले झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता राजनीतिक रुपमा सचेत रहेकाले त्यहाँ लोकप्रियतावादको नाममा फस्ने कुनै सम्भावना रहेको पार्टीको निष्कर्ष रहेकोसमेत बताए।

महासचिव पोखरेलले फागुन २१ को निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा बढ्ने दावी समेत गरे । प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भए पनि एमालेले बहुमत ल्याउन सक्ने उनको विश्वास छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow