नागार्जुन–बसेल टोलमा रास्वपाको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न
काठमाडौं निर्वाचन क्षेत्र नं. ८ अन्तर्गत नागार्जुन नगरपालिका–बसेल टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अन्तरक्रिया एवम् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं निर्वाचन क्षेत्र नं. ८ का प्रत्यक्ष उम्मेदवार श्री विराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा पार्टीको नीति, विचार तथा भावी कार्यदिशा बारे खुला छलफल गरिनुका साथै विभिन्न व्यक्तिहरूले औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। टोलबासीहरूले स्थानीय विकास, सुशासन, पारदर्शिता र राष्ट्रियतासम्बन्धी गम्भीर प्रश्नहरू राख्दै सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विराज भक्त श्रेष्ठले काठमाडौं क्षेत्र नं. ८, वडा नं. १५ का स्थानीय बासिन्दाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै टोलबासीहरूको सचेतना, समर्थन र शुभेच्छाप्रति आभार व्यक्त गर्नुभयो।
“यहाँहरूले देखाउनुभएको विश्वास हाम्रो लागि ठूलो जिम्मेवारी हो। अब हामी सबै मिलेर सुशासन स्थापित गर्ने साझा यात्रामा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले अन्तरक्रियापछि पार्टीप्रति व्यक्त गरिएको भरोसा र आशाका लागि सम्पूर्ण पार्टी परिवारको तर्फबाट कृतज्ञता व्यक्त गर्दै, जनताको विश्वास कहिल्यै निराश नपार्ने सामूहिक प्रतिबद्धता रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा सहभागितामूलक विकास नै अबको विकासको मार्ग भएको उल्लेख गर्दै जिम्मेवार र समन्वयात्मक ढंगले सँगै अगाडि बढ्ने प्रतिबद्धता जनाइएको थियो।
नवप्रवेशी सदस्यहरूलाई हार्दिक स्वागत तथा सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको हो।
What's Your Reaction?





