शवमाथि कर लगाउने निर्णय तत्काल फिर्ता लिन सरकारलाई ज्ञानेन्द्र शाहीको आग्रह
काठमाडौं, ५ साउन । राप्रपा सांसद् ज्ञानेन्द्र शाहीले सरकारले शवमाथि लगाउने भनिएको कर फिर्ता लिन आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क फिर्ता लिने निर्णयप्रति धन्यवाद व्यक्त गर्दै शाहीले शवमाथि लगाउने भनिएको कर पनि फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् ।
जनहितका विषयमा सरकारले सकारात्मक निर्णय गरेकोमा आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता जनमुखी निर्णय गर्ने अपेक्षा राखेका छन् ।
प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गर्दै शाहीले फेसबुकमा भनेका छन्, : ‘मृत्युपछि शवमाथि समेत कर लगाउने निर्णय जनताको भावनाविपरीत छ, यस्तो कर तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गर्दछु ।’
What's Your Reaction?





