अमेरिकाले घोषणा गर्यो ५ करोड डलरको पुरस्कार

काठमाडौं, २३ साउन । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने वा जानकारी दिने लाई ५ करोड डलरको घोषणा गरेको छ । यसअघि यो रकम साढे २ करोड डलर रहेको थियो ।
अमेरिकी प्रशासनले मादुरोलाई 'विश्वको सबैभन्दा ठूलो लागूपदार्थ तस्करहरू मध्ये एक' भएको आरोप लगाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् । जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किए जुन अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भने - पहिले घोषणा गरिएको साढे २ करोड डलरको पुरस्कार अब दोब्बर गरिएको छ किन भने मादुरो लागूपदार्थ तस्करीमा प्रत्यक्ष रूपमा संलग्न छन् ।
भेनेजुएलाका विदेशमन्त्री इभान गिलले नयाँ पुरस्कारलाई 'अर्थहीन' र राजनीतिक प्रचार भनेर वर्णन गरेका छन्।
What's Your Reaction?






