यि हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

 0  12
यि हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

काठमाडौं, २१ वैशाख । सरकारले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायतका चार वटा निर्णय गरेको छ ।

बैठकले संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ राष्ट्रपतिले पुनविर्चारका लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न पुन: सिफारिस गर्ने, संसद् भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने, परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने र भारतसँग जी-टू-जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow