सरकार लिपुलेक नेपालकै भूमि हो भन्ने कुरामा स्पष्ट र प्रतिबद्ध छ : प्रवक्ता पोखरेल

 0  6
सरकार लिपुलेक नेपालकै भूमि हो भन्ने कुरामा स्पष्ट र प्रतिबद्ध छ : प्रवक्ता पोखरेल

काठमाडौं, २१ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट राखेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले सीमा विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको र अब दुई सरकारबीचको सहकार्य र कूटनीतिक संवादमार्फत यसको निकासा निकाल्ने बताएका हुन् ।

भारत सरकारले हालै जारी गरेको भनिएको वक्तव्य र त्यसमा नेपालले सीमा विस्तार गर्न खोजेको भन्ने आशयको बुँदाप्रति सङ्केत गर्दै प्रवक्ता पोखरेलले भने, ‘त्यो सीमा विस्तार गरिएको विषय नै होइन, ती क्षेत्रहरू नेपालकै भूमि हुन्। यसमा सरकार स्पष्ट छ र आफ्नो अडानमा प्रतिबद्ध छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow