के आज छुट्लान् त रबि लामिछाने ?

 0  25
के आज छुट्लान् त रबि लामिछाने ?

काठमाडौं, २६ साउन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफूलाई लागेको बिगो रकम बुझाएर मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दायर गरेको निवेदनमाथि आज सुनुवाइको पेशी चढेको छ ।

न्यायाधीश नारायण सापकोटाको इजलासमा निवेदनमाथि सुनुवाइका लागि पेशी चढेको हो । मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए । 

उनले निवेदनसँगै बिगो बराबरको रकम बैक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन् । निवेदन उपर लामिछाने र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । त्यसपछि इजलासले आदेश गर्नेछ । 

निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो। साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी लामिछानेका कानुन व्यवसायीबाट स्थगित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow