आजदेखि माबिलुङ्ग इनर्जीको आइपिओमा आवेदन दिन सकिने

 0  28
आजदेखि माबिलुङ्ग इनर्जीको आइपिओमा आवेदन दिन सकिने

काठमाडौं, २६ साउन । माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपिओ खुल्ला गरेको छ । कम्पनीले दोस्रो चरणमा १२ करोड ४८ लाख ९० हजार ४०० बराबरको १२ लाख ४८ हजार ९०४ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

कुल शेयरमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुल्ला गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन साउन २९ गते छिटोमा बन्द हुनेछ ।

माबिलुङ्ग इनर्जीले सञ्चालन गरिरहेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रहेको छ ।माबिलुङ्ग इनर्जीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow