रवि लामिछाने रिहा नहुने, थुनामै पठाउने आदेश

 0  27
रवि लामिछाने रिहा नहुने, थुनामै पठाउने आदेश

२७ श्रावण , भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न नमिल्ने आदेश भएको छ । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायण सापकोटाले लामिछानेले पेश गरेको निवेदनमा आदेश दिदैँ उनले मागे बमोजिम नहुने फैसला गरेका छन् ।

लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले निवेदनसँगै बिगो बराबरको रकम बैक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रूपन्देही कारागारमा थुनामा रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow