जेनजीको नाममा भइरहेको पागलपनको देशले प्रतिवाद गर्नुपर्छ - भीमज्वाला राई

 0  64
 जेनजीको नाममा भइरहेको पागलपनको देशले प्रतिवाद गर्नुपर्छ - भीमज्वाला राई

केही उदण्डहरुको यो हदको गुण्डागर्दीको सबैले सामना गर्नुपर्छ । यस्ता युगीन अराजकताको सबैले भण्डाफोर गर्नुपर्छ । वास्तविक जेनजी पुस्ताले समेत यस्ता प्रवृत्तिको विरोधमा उत्रिनु जरूरी छ त्यसैगरी -
१. देशले ठुलो क्षति व्यहोरि नै सकेको छ । थप क्षति हुनदिनु हुँदैन । भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन होस् र दोषीलाई कारबाही गरियोस् हामीले भनेका छौं । 
२. हाम्रो न्यूनतम् शर्त भनेको हाम्रा अग्रजहरूको सात दशक लामो सङ्घर्ष र रगत पसिनाको मूल्य हो नेपालको संविधान २०७२, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्रको रक्षा ।
३. जेनजी मुभमेन्ट पछि यसको बिसेष उद्देश्य सहित नयाँ सरकार बनिसकेको छ  । सरकारको काममा दलहरू र सबैले सकारात्मक भूमिका निर्वाह गर्नु जरुरी छ । 
४. सरकार र देशका सबैलेले नेपालको संविधान, कानुन, नीति, नियम र विधि भीत्र रहेर काम गर्नुपर्छ । राज्यका कार्यकारी संरचना र प्रकृयामा काम गर्नुपर्छ । 
५. जेनजी वा कुनै अमूर्त समुह वा व्यक्तिहरूले ती संरचनाहरूलाई प्रभावित बनाउने, काममा हस्तक्षेप गर्ने राज्य सञ्चालन संयन्त्रमा धावा बोलेर देशलाई पुनः आतङ्कित पार्ने काम अब स्वीकार हुदैन । 
६. नेपालको संविधानले व्यवस्था गरे अनुसार संवैधानिक अङ्गहरू जो संविधानको अभिन्न अंगहरु हुन् अख्तियार लगायतका त्यस्ता संरचनामा दादागिरी शैली र भावमा धावा बोल्ने छुट कसैलाई पनि छैन । 
७. सबै घटनाहरूको अध्ययन गर्न जाँचबुझ आयोग गठन गरिसकेको र त्यसले छानबिनको काम प्रारम्भ नगर्दो पूर्व प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई गिरफ्तार गर्न गृहप्रशासनलाई दवाव दिने उरन्ठेउलो प्रवृत्ति विधिसम्मत भन्दा पूर्वाग्रहपूर्ण छ । यस्ता कार्यले पुन दण्ड निम्त्याइरहेको छ । 
८. जेनजीको नाममा हुने सबै अराजकता अब कुनै हालतमा सहिन्नजेनजीकै अराजकता अनि नेपाली जनताको सहनशीलताले देश खरानी हुँदापनि हामीले सहेरै बस्यौ । देशले ठुलो क्षति भोगिसकेको छ अब थप क्षति हुन दिनुहुन्न ।
९. जेनजीको नाममा भइरहेको पागलपनको देशले प्रतिवाद गर्नुपर्छ । केही उदण्डहरुको यो हदको गुण्डागर्दीको सबैले सामना गर्नु पर्दछ । यस्ता युगीन अराजकताको सबैले भण्डाफोर गरौ । वास्तविक जेनजी पुस्ताले समेत यस्ता प्रवृत्तिको विरोधमा उत्रिनु आज जरूरी भएको छ ।

 (लेखक -नेपाल यातायात स्वतन्त्र मजदुर  संगठनका अध्यक्ष हुन् )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow