श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु- निकिता पौडेल

२७ श्रावण , काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नछुटे पछि पत्नी निकिता पौडेलले न्याय नपाएसम्म लडिरहने बताएकी छन् ।
निकिताले सामाजिक सञ्जालमा लेख्दै आफू नथाकेको र नहारेको बताउँदै संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने बताएकी छन् । उनले भनेकी छन्- म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु । मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।
What's Your Reaction?






