प्रधानमन्त्री शाह संसदको अभिन्न अंग जस्तो नभएको अनुभूति भइरहेको छ : कांग्रेस सांसद् केसी
काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदको अंग हो कि होइन ? भनेर प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै केसीले प्रधानमन्त्री शाह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी समेत गरेका छन् । विपद व्यवस्थापनमा सरकार गम्भिर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्न पुगेका प्रधानमन्त्री शाह संसदमा नआएकोमा नेता केसीले आपत्ति जनाए ।
उनले प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राट जस्तो देखिएको जिकीर पनि गरे । उनले भने,‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भिरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ । उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन ? सभामुखजी मैले चाहीँ थाहा पाएको छैन है । उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको पनि अभिन्न अंग हो ? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।
What's Your Reaction?





