कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा प्रदीप विश्वकर्मा सर्वसम्मत निर्वाचित

 0  10
कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा प्रदीप विश्वकर्मा सर्वसम्मत निर्वाचित

२४ जेठ, काठमाडौं । कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशनबाट प्रदीप विश्वकर्मा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

शनिबार, जेठ २३ गते सम्पन्न अधिवेशनले विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष विश्वकर्मा तथा सम्पूर्ण कार्यसमितिले व्यवसायीहरूको हकहित, व्यवसायिक एकता र संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा सुनचाँदी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनमार्फत चयन भएको नयाँ नेतृत्वले आगामी दिनमा व्यवसायीहरूका समस्या समाधान, संगठन विस्तार तथा व्यवसायिक मर्यादा कायम राख्न सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow