पुल्चोक बसस्टपमा रियल-टाइम बस ट्र्याकिङ बोर्ड स्थापना, यात्रुलाई सहजता हुने आशा
२४ जेठ ललितपुर | पुल्चोक सार्वजनिक बसस्टपमा अब यात्रालाई सहज बनाउने उद्देश्यले रियल–टाइम स्क्रिन बोर्ड राखिएको छ। स्क्रिनमा बसहरूको नक्सा, कुन बस कहाँ गुडिरहेको छ र त्यसको अवस्था तथा अनुमानित आउने समय स्पष्ट रूपमा देखिने छ।
यो बस ट्र्याकिङ प्रणाली सल्यास प्लस कम्पनीद्वारा निर्माण गरिएको हो । बोर्डअन्तर्गत यात्रुले कुन बस कहिले आउने हो र कति समय कुर्नुपर्नेछ भनेर सजिलै अग्रिम जानकारी प्राप्त गर्न सक्नेछन्। यसले सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणलाई ठूलो राहत पुग्नेछ र यात्राको अनिश्चितता घट्नेछ।
स्थानीय यातायात अधिकारीहरूले पनि यो प्रविधिलाई स्वागत गरेका छन् र आवश्यकता भएमा अन्य स्टपहरूमा पनि विस्तार गर्ने सम्भावना रहेको बताएका छन्।
What's Your Reaction?





