मच्छेनारायण मन्दिर: भक्तपुरको सांस्कृतिक–धार्मिक निधि
भक्तपुर — महाकालीस्थान क्षेत्रस्थित मच्छेनारायण मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण आस्थाको केन्द्र बनेको छ। भगवान् विष्णुको मत्स्य अवतारसँग सम्बन्धित मच्छेनारायणको पूजा–आराधना यहाँ विशेष श्रद्धा र भक्ति साथ गरिन्छ।
स्थानीय जनविश्वास तथा परम्परासँग गहिरो रूपमा जोडिएको यो मन्दिर भक्तपुरको मौलिक सांस्कृतिक पहिचानको एउटा अभिन्न हिस्सा मानिन्छ। विभिन्न पर्व, पूजा तथा अनुष्ठानका अवसरमा मन्दिरमा भक्तजनहरूको उल्लेख्य सहभागीता रहने गरेको छ।
मन्दिर परिसरले भक्तपुरको प्राचीन कला, परम्परागत वास्तुकला र धार्मिक सम्पदाको झल्को दिन्छ। स्थानीय समुदाय र सम्बन्धित निकायहरूले यस्ता सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धनमा जोड दिनु पर्दछ ताकि हाम्रो ऐतिहासिक पहिचान र सांस्कृतिक विरासत सुरक्षित रहोस्।
source-bhaktapurtimes.com
What's Your Reaction?





