रोजगारका लागि कुवेत पुगेका ९ नेपालीको विषाक्त मदिरा सेवनले मृत्यु

 0  47
रोजगारका लागि कुवेत पुगेका ९ नेपालीको विषाक्त मदिरा सेवनले मृत्यु

काठमाडौं, ३० साउन । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ९ जना नेपालीको विषाक्त मदिरा सेवनका कारण निधन भएको छ ।

तीन दिनको बीचमा ९ जना नेपालीसहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ । त्यस्तै ३५ जना नेपालीको स्थानीय विभिन्न ६ वटा अस्पतालमा उपचार जारी रहेको बताइएको छ।

विषाक्त मदिरा सेवनले नेपालीसहित ६३ जना अस्पतालमा भर्ना भएका छन्। कुवेतमा मदिरा सेवन प्रतिवन्ध भए पनि नेपालीसहित रोजगारीमा पुगेकाहरूले लुकिछिपी मदिरा सेवन गर्ने गरेको पाइन्छ। विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow