खुशी बाट्दै यावाज -दुर्गम विद्यालयहरूमा ( तस्बिर सहित )

 2  35
खुशी बाट्दै यावाज -दुर्गम विद्यालयहरूमा ( तस्बिर सहित )

सामाजिक सस्था यावाज़ले दुर्गम विद्यालयहरूमा पुराउँदै आएको सहयोग कार्यलाई निरन्तरता दिएको छ | यसै क्रममा भोजपुर जिल्लाको दुर्गम बस्तीमा रहेको दिमालुंङ्ग प्राथमिक बिधालय सिन्द्राङका बालबालिकाहरूलाई शैक्षिक सामग्री , कापी पेन्सिल ,बिस्कुट एवं न्यानो कपडा,टोपी ,ट्राकसुट आदि वितरण गरेको हो | सामान्य रुपमा चार पाङ्ग्रे सवारी साधनको पहुँच बाहिर रहेको सो दुर्गम बिधालयमा मोटर साइकलबाट सामग्रीहरू ढुवानी गर्नु परेको थियो | 


आर्थिक अवस्था सबल भएका अभिभावकहरूले आफ्ना छोराछोरीलाई सहरबजार एवं सदरमुकामका प्राइभेट बोडीङ्गमा  पढाउने र आर्थिक अवस्था नाजुक रहेका अभिभावकहरूको छोराछोरीहरू सो बिधालयमा पढ्ने हुँदा बिधालयको अवस्था नाजुक रहेको यावाज़का सदस्य ध्यान राईले बताए |


 त्यसैगरी जाडो महिनामा न्यानो कपडाको अभावमा धेरै जसो बालबालिकाहरू बिधालय नआउने गर्दा उनीहरूको अध्ययनमा नै अवरोध पर्ने हुँदा  अबको दिनहरूमा निर्धक्क सँग बालबालिकाहरू बिधालय आउने कुराले आफूलाई खुसी तुलाएको यावाज़का अर्को सदस्य सुशील सुवेदी बताउँछन |


 सो अवसरमा विधालयका  शिक्षकशिक्षिकाहरूलाई डायरी र पेन पनि वितरण गरिएको थियो | दुर्गम विद्यालयहरूमा सरकारी एवं अन्य सङ्घसंस्थाहरूको खासै ध्यान नजाने भएको हुँदा बालबालिकाहरूको अवस्था एकदमै दयनीय रहेको अवस्थामा यावाज़को टिम शैक्षिक सामग्री सहित पुगेकोमा सम्पूर्ण यावाज़ टिम एवं सहयोगी दाताहरूप्रति बिधालय प्रशासनले बिसेस आभार प्रकट गरेका थिए |


बिधालय दारा आयोजित एक कार्यक्रमका बीच यावाजका अध्यक्ष प्रकाश राईले सहयोग सामग्री हस्तान्तरण गर्दै आगामी दिनहरूमा पनि यस्ता मानवीय कार्यको निरन्तरता रहने बताए ||

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow