को हुन् यावाज़ ? तस्बिर सहित
को हुन् यावाज़ ?
समाज र देश प्रतिको मानवीय उत्तरदायित्वलाई बोध गरि सञ्चालन गरिएको शुद्ध सामाजिक सस्था हो यावाज | यावाको अर्थ राई भाषामा साथी भन्ने बुझिन्छ | यसरी साथीहरूको समुहलाई जनाउन यावाज़ नामकरण गरिएको छ |
मुख्य रुपमा पूर्वाञ्चलको सुन्दर नगरी धरानबाट एउटा पारिवारिक र सीमित घेराभित्र संचलान हुँदै आएको यो सामाजिक कार्यलाई क्रमश अन्य छेत्रहरुमा पनि बिस्तार गर्दै लैजाने यस संस्थाको मूल उद्देश्य रहेको छ |
सुरुवाती दिनहरूमा संस्थापक मध्यका धरान ११ निवासी प्रकाश राईको सोच र अवधारणा अनुसार अगाडि बढेको यस संस्थालाई , धरान १८ हाल युके निवासी पदम राईको बिसेस सल्लाह र सहयोगमा संस्थाले प्रत्येक वर्ष मुख्य रुपमा पूर्वाञ्चलको पहाडी दुर्गम सरकारी विद्यालयहरूमा आवसकिय शैक्षिक सामग्री , बिधालय पोशाक ,न्यानो कपडा आदि वितरण गर्दै आएको छ |
देश अनि समाज रूपान्तरणको मूल कडी भनेको शिक्षा नै हो भन्ने यस संस्थाको मूल मन्त्र रहेकोले मुख्य रुपमा यावाज़ले बिधालयहरुको शैक्षिक अवस्था सुधारमा बिसेस पहल एवं सहयोग गर्दै आएको छ |
यो सस्था गैरनाफा मूलक , कुनै सरकारी , गैरसरकारी सहयोग एवं अनुदानबाट नभई नितान्त मनकारी दाताहरूबाट प्राप्त सहयोग बाट चलेको छ | आफ्ना पितृ ,पुर्खा जन्मदिन आदिमा प्राप्त रकमलाई एकमुस्ट गरि यावाज़ले सम्बन्धित बालबालिकाहरू सम्म सहयोग पुराइ दिने कार्य गर्दछ | यस मानवीय पवित्र कार्यमा जोडिन सम्पूर्ण नेपालीहरूमा यावाज़ले अनुरोध पनि गरेका छन् |
यस बर्स यावजले बिभिन्न जिल्लाहरू धनकुटा ,सुनसरी ,भोजपुर ,सङ्खुवासभा आदिमा सहयोग स्वरुप छात्रब्रुदी , शैक्षिक सामग्री , बिधालय पोसाक आदि बितरण गरेको छ |(तस्बिर सहित )
What's Your Reaction?





