बिजुलीको भ्याट खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टी विरोधमा (तस्विरसहित)
काठमाडौं, १ भदौ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले बिजुलीको भ्याट खारेजको माग गर्दै हस्ताक्षर संकलन गरेको छ।
सोमबार पार्टीले काठमाडौंको माइतीघर मण्डलमा बिजुलीको भ्याट खारेज गर्न, डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत महसुल असुल गर्नका लागि सरकारलाई दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेको जनाएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि माइतीघर मण्डला पुगेर हस्ताक्षर कार्यक्रममा सहभागिता जनाएका छन् ।
What's Your Reaction?





