नेपाल सुनचाँदी शिल्प व्यवसाय संघद्वारा करसम्बन्धी तालिम तथा तीज विशेष कार्यक्रम आयोजना

 0  14
नेपाल सुनचाँदी शिल्प व्यवसाय संघद्वारा करसम्बन्धी तालिम तथा तीज विशेष कार्यक्रम आयोजना

०२ भदौ, काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसाय संघको आयोजनामा करसम्बन्धी तालिम तथा तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ।

संघका अध्यक्ष केशव बहादुर सुनारका अनुसार कार्यक्रम २०८३ साल भदौ ६ गते शनिबार काठमाडौंमा आयोजना हुँदैछ। कार्यक्रममा सुनचाँदी व्यवसायसँग सम्बन्धित कर तथा राजस्वसम्बन्धी विषयमा आवश्यक जानकारी र प्रशिक्षण प्रदान गरिनेछ।

कार्यक्रममा व्यवसायीहरूले करसम्बन्धी विद्यमान व्यवस्था, व्यवसाय सञ्चालनका क्रममा देखिने करसम्बन्धी समस्या तथा समाधानका उपायबारे जानकारी लिन सक्ने जनाइएको छ। साथै, नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व तीजको अवसरमा विशेष कार्यक्रम समेत आयोजना गरिने संघले जनाएको छ।

संघले उक्त कार्यक्रममा सुनचाँदी व्यवसायी, शिल्पी तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको छ। संघले सबै सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow