सुनचाँदी व्यवसायी तथा संघर्ष समितिद्वारा विपिन रामुदामुलाई बधाई तथा शुभकामना
१४ असार, काठमाडौं। सुनचाँदी व्यवसायी तथा संघर्ष समितिले आफ्ना केन्द्रीय संयोजक विपिन रामुदामु नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय सभापतिमा निर्वाचित भएको अवसरमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ।
असार १३ गते शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष बलकुमार विश्वकर्मा (सुमन), नेपाल शिल्प व्यवसायी संघका अध्यक्ष केशव सुनार, संघर्ष समिति, सुनचाँदी व्यवसायी तथा कालिगढ समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले विपिन रामुदामुले नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकाल तथा सशक्त संगठन निर्माणमा पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
सो अवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव निरबहादुर विश्वकर्माले विपिन रामुदामुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ जिम्मेवारीमा प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना दिएका थिए।
कार्यक्रमको अध्यक्षता रामप्रसाद लकान्द्रीले गरेका थिए भने कार्यक्रमको सञ्चालन संघर्ष समितिका सचिव टंक बराइलीले गरेका थिए।
कार्यक्रमको समापन नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्माले धन्यवाद ज्ञापनसहित गरेका थिए।
संघर्ष समितिका सचिव एवं कार्यक्रम सञ्चालक टंक बराइलीले कार्यक्रमले सुनचाँदी व्यवसायी, शिल्पी तथा कालिगढ समुदायबीच एकता, सहकार्य तथा संगठनात्मक मजबुतीका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताए।
What's Your Reaction?





