विश्वकपमा नकआउट चरण खेल्ने ३२ टोलीको टुंगो, कोसँग भिड्दैछन् कुन देश?
१४ असार ,काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सम्पन्न भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने टोलीहरूको टुंगो लागेको छ। अब विश्वकप उपाधि दौड थप रोमाञ्चक बन्ने भएको छ।
नकआउट चरणअन्तर्गत विभिन्न फुटबल महाशक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने भएको छ। ब्राजिलले जापानको सामना गर्नेछ भने जर्मनीले पाराग्वेसँग भिड्नेछ। त्यस्तै फ्रान्स र स्विडेन, पोर्चुगल र क्रोएसिया तथा अर्जेन्टिना र केप भर्डबीचको प्रतिस्पर्धाले पनि विशेष चर्चा पाएको छ।
राउन्ड अफ ३२ का खेलहरू यसप्रकार छन्:
दक्षिण अफ्रिका ???? क्यानडा
ब्राजिल ???? जापान
जर्मनी ???? पाराग्वे
नेदरल्यान्ड्स ???? मोरक्को
आइभरी कोस्ट ???? नर्वे
फ्रान्स ???? स्विडेन
मेक्सिको ???? इक्वेडर
इंग्ल्यान्ड ???? डीआर कंगो
बेल्जियम ???? सेनेगल
अमेरिका ???? बोस्निया एन्ड हर्जगोभिना
स्पेन ???? अष्ट्रिया
पोर्चुगल ???? क्रोएसिया
स्विट्जरल्यान्ड ???? अल्जेरिया
अष्ट्रेलिया ???? इजिप्ट
अर्जेन्टिना ???? केप भर्ड
कोलम्बिया ???? घाना
नकआउट चरणका खेलहरूमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिने भएकाले प्रत्येक खेल ‘गर या मर’को अवस्थामा हुनेछ। विश्व फुटबलका समर्थकहरूका लागि आगामी खेलहरू निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
What's Your Reaction?





