विश्वकप २०२६ को फाइनल खेलका टिकट प्याकेजको मूल्य ६० करोड !

 0  6
विश्वकप २०२६ को फाइनल खेलका टिकट  प्याकेजको मूल्य ६० करोड !

१६ असार ,काठमाडौँ | फिफा विश्वकप २०२६ को फाइनल खेलका टिकट र आतिथ्य (हस्पिटालिटी) प्याकेजको मूल्य सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार फाइनलका प्रिमियम टिकट र लक्जरी प्याकेजको मूल्य निकै महँगो रहेको छ।

फ्रन्ट क्याटेगोरी–१ सिटको मूल्य ३२,९७० अमेरिकी डलर (करिब रु ४९ लाख ४६ हजार) रहेको छ। सबैभन्दा सस्तो साधारण टिकट २,०३० अमेरिकी डलर (करिब रु ३ लाख ५ हजार) मा उपलब्ध हुने बताइएको छ।

त्यस्तै, ६ जनाका लागि उपलब्ध आरामदायी लक्जरी हस्पिटालिटी प्याकेजको मूल्य ४० लाख अमेरिकी डलर अर्थात् करिब रु ६० करोड पुगेको छ। यस प्याकेजमा उत्कृष्ट सिट, विशेष आतिथ्य सेवा, खानपान तथा अन्य प्रिमियम सुविधाहरू समावेश छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow