दैनिक रूपमा सुन र चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?
काठमाडौं, असार १७ । नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवै धातुको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ।
मंगलबार प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ मा कारोबार भएको सुन आज केही सस्तो बनेको हो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै ४ हजार २७० रुपैयाँ मा झरेको महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक गतिविधिमा आउने परिवर्तनका आधारमा नेपालमा दैनिक रूपमा सुन–चाँदीको मूल्य निर्धारण गरिने गरिन्छ।
उल्लेखनीय रूपमा, गत जेठ महिनामा सुनको मूल्य इतिहासकै उच्च बिन्दु प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ सम्म पुगेको थियो। त्यसयता सुनको मूल्यमा करिब ३४ हजार रुपैयाँको गिरावट आइसकेको छ।
केही साताअघि ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य हाल निरन्तर घट्दो क्रममा देखिएको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण आगामी दिनमा पनि सुन तथा चाँदीको मूल्यमा उतारचढाव जारी रहने सम्भावना रहेको छ।
What's Your Reaction?





