अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टका प्रशिक्षक होसाम हसन आक्रोशित, ‘अब विश्वकपका बाँकी खेल हेर्दिनँ’

 0  9
अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टका प्रशिक्षक होसाम हसन आक्रोशित, ‘अब विश्वकपका बाँकी खेल हेर्दिनँ’

२४ असार, काठमाडौं। अर्जेन्टिनासँग ३–२ गोलअन्तरले पराजित भएपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री (VAR) को निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

इजिप्टले खेलको ७८औँ मिनेटसम्म २–० को अग्रता बनाएको थियो। तर अन्तिम समयमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गरेपछि इजिप्ट प्रतियोगिताबाट बाहिरिएको हो।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हसनले फ्रान्सेली रेफ्रीको निर्णय, रद्द गरिएको गोल तथा आफूहरूको पक्षमा पेनाल्टी नदिइएको घटनाप्रति असन्तुष्टि जनाए। उनले ती निर्णयले खेलको नतिजामा प्रत्यक्ष प्रभाव पारेको दाबी गर्दै आफूहरूको टोली अन्यायको सिकार भएको बताए।

‘हामीले उत्कृष्ट प्रदर्शन गर्यौं, तर आज न्याय पाएनौं। केही निर्णयहरू बुझ्न गाह्रो भयो,’ हसनले भने।

विश्वकपको बाँकी प्रतियोगिताप्रति निराशा व्यक्त गर्दै उनले अब कुनै पनि खेल नहेर्ने घोषणा समेत गरे।

‘म अब घर फर्किन्छु र विश्वकपका बाँकी कुनै पनि खेल हेर्दिनँ। आज हामीसँग न्याय भएन,’ उनले भने।

अर्जेन्टिनाविरुद्धको हारसँगै इजिप्टको विश्वकप यात्रा समाप्त भएको छ भने अर्जेन्टिनाले रोमाञ्चक पुनरागमनसहित क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow