कुलेश्वर सामुदायिक केन्द्र तथा प्रहरी सामुदायिक सेवा केन्द्रको २४औँ वार्षिक साधारण सभा सम्पन्न
रबिन महर्जन
१४ असार, काठमाडौं।
कुलेश्वर सामुदायिक केन्द्र तथा कुलेश्वर प्रहरी सामुदायिक सेवा केन्द्रको २४औँ वार्षिक साधारण सभा भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेको उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिहरूमा काठमाडौं महानगरपालिका वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नं. १३ का कार्यवाहक अध्यक्ष रामबाबु कोइराला, वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठ तथा कालीमाटी प्रहरी वृत्तका प्रमुख नरेशकुमार सिंह सहभागी रहेका थिए।
कार्यक्रमको सञ्चालन राजकुमार बिष्टले गरेका थिए। साधारण सभामा संस्थाको वार्षिक प्रगति विवरण, आगामी कार्ययोजना तथा सामुदायिक सुरक्षासम्बन्धी विविध विषयमा छलफल गरिएको थियो।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउनुहुने सम्पूर्ण अतिथिवर्ग, आयोजक, सहयोगी तथा सहभागी महानुभावहरूप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
What's Your Reaction?





