गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटियो, कर्मचारी पक्राउ गरिएको हल्ला असत्य

 0  14
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटियो, कर्मचारी पक्राउ गरिएको हल्ला असत्य

०९असार ,चितवन । गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएको घटना पुष्टि भएको छ। घटनापछि चितवनस्थित लड्स प्लाजा होटलका कर्मचारीसँग सोधपुछ गरिएको भए पनि कसैलाई पक्राउ नगरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार अम्लेट खाने क्रममा माछाको काँडा भेटिएपछि खाद्य तयारी प्रक्रियाबारे सामान्य अनुसन्धान गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले पनि होटलका दुई कर्मचारीसँग सोधपुछ गरिएको तर पक्राउ नगरिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow