वडा नं. १३ समितिद्वारा युवा दिवसको अवसरमा भीममुक्तेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना
२६ श्रावण, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ महानगरपालिका वडा नं. १३ समितिले युवा दिवसको अवसरमा भीममुक्तेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
वडा नं. १३ समितिका सभापति रविन महर्जनले सबै स्वयंसेवक, स्थानीय बासिन्दा तथा पार्टीका कार्यकर्ता युवाहरुलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छन्। कार्यक्रम मिति २०८३ साल श्रावण २७ गते, बुधवार बिहान ६:३० बजे भीममुक्तेश्वर महादेव मन्दिर परिसर (वडा नं. १३) मा हुनेछ।
What's Your Reaction?





