IIJS Bharat Premiere २०२६ मा ललितपुर सुनचाँदी व्यवसायी संघको टोली सहभागी

 0  10
IIJS Bharat Premiere २०२६ मा ललितपुर सुनचाँदी व्यवसायी संघको टोली सहभागी

२५ असार, भारत । भारतमा आयोजना भएको ४२औँ संस्करणको IIJS Bharat Premiere २०२६ मा ललितपुर सुनचाँदी व्यवसायी संघको टोलीले भ्रमण तथा अवलोकन गरेको छ।

२०८३ साउन २१ गतेदेखि २४ गतेसम्म आयोजना भएको उक्त अन्तर्राष्ट्रियस्तरको सुनचाँदी तथा आभूषण मेलामा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्यको नेतृत्वमा संघका पदाधिकारी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

भ्रमणका क्रममा टोलीले मेलामा प्रदर्शन गरिएका सुनचाँदी तथा आभूषणका नयाँ डिजाइन, प्रविधि, उत्पादन तथा व्यवसायसम्बन्धी गतिविधिको अवलोकन गरेको थियो। साथै, अन्तर्राष्ट्रिय बजारमा विकसित भइरहेका नयाँ प्रविधि तथा आभूषण व्यवसायका प्रवृत्तिबारे समेत जानकारी लिएको संघले जनाएको छ।

उक्त अवसरमा ललितपुर सुनचाँदी व्यवसायी संघले काठमाडौंमा पनि IIJS जस्तै अन्तर्राष्ट्रियस्तरको सुनचाँदी तथा आभूषण मेला आयोजना गर्न प्रस्ताव गर्नुका साथै आयोजक टोलीलाई नेपालमा मेला आयोजना गर्न निमन्त्रणा दिएको जनाएको छ।

संघका अनुसार नेपालमा समेत यस्ता अन्तर्राष्ट्रियस्तरका मेला आयोजना गर्न सके सुनचाँदी तथा आभूषण व्यवसायको प्रवर्द्धन, नयाँ प्रविधि तथा डिजाइनको आदानप्रदान र नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्वपूर्ण योगदान पुग्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow