रातिदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द

 0  10
रातिदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द

साउन ०३,चितवन — लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड आज (आइतबार) राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार धादिङ, चितवन तथा आसपासका क्षेत्रमा भइरहेको निरन्तर वर्षा र मौसम पूर्वानुमान महाशाखाले थप खराब मौसमको सम्भावना औंल्याएपछि जिल्ला सुरक्षा समितिले यो निर्णय गरेको हो।

रातिको समयमा सडकमा पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्का कारण यात्रु र सवारीसाधनको सुरक्षामा गम्भीर जोखिम देखिएकाले सबै प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

प्रशासनले अत्यावश्यक यात्रा नगर्न, वैकल्पिक मार्ग अपनाउन तथा सम्बन्धित निकायबाट जारी हुने पछिल्ला सूचनाहरू नियमित रूपमा पालना गर्न सबैमा अनुरोध गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow