गृहमन्त्रीमाथि आक्रमण भएको हल्ला निराधार : सचिवालय
गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार रहेको सचिवालयले जनाएको छ। आधिकारिक स्पष्टिकरणसहितको समाचार पढ्नुहोस्।
०९ असार, चितवन। गृहमन्त्री सुधन गुरुङको सचिवालयले उनीमाथि आक्रमण भएको भन्ने हल्ला पूर्ण रूपमा निराधार, भ्रामक तथा कपोलकल्पित भएको जनाएको छ।
सचिवालयद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा गृहमन्त्री गुरुङमाथि आक्रमण भएको भन्दै फैलाइएका समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ।
यसअघि सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङमाथि आक्रमण भएको भन्दै विभिन्न अफवाह फैलिएका थिए। सचिवालयले यस्ता भ्रामक समाचार तथा अफवाहको पछि नलाग्न र आधिकारिक स्रोतबाट प्राप्त जानकारीमात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
What's Your Reaction?





