विष्णु पौडेललाई काठमाडौं ल्याइयो, अनुसन्धान प्रक्रिया अघि बढाइँदै
९ असार, काठमाडौं । सुर्खेतबाट नियन्त्रणमा लिइएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ।
स्रोतका अनुसार उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो। काठमाडौं ल्याइएपछि सम्बन्धित निकायमा उपस्थित गराइएको बताइएको छ।
पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो सुर्खेतमा रहेको बेला नियन्त्रणमा लिइएको थियो। उनी पार्टी कार्यक्रमका लागि त्यहाँ पुगेका थिए।
सम्बन्धित निकायले उनको शेयर कारोबार तथा सम्पत्तिको स्रोत सम्बन्धी विषयमा अनुसन्धान गरिरहेको स्रोतको दाबी छ। यस विषयमा आधिकारिक निकायबाट विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको छ।
यसैबीच, अनुसन्धान प्रक्रियाअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ। पौडेललाई म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी रहेको स्रोतले जनाएको छ।
यसबारे सम्बन्धित निकाय तथा नेकपा एमालेको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
What's Your Reaction?





