प्रधानमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी

 0  10
प्रधानमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी

सिरहा, असार १२ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक (चोहर्वा)मा प्रदर्शन गरिएको छ।

घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्याय दिलाउनुपर्ने माग राख्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले सुनसरी घटनामा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रहरीद्वारा भएको गोलीकाण्डको निष्पक्ष अनुसन्धान हुनुपर्ने, गोली चलाउने जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गरिनुपर्ने तथा प्रहरी दमन बन्द गर्नुपर्ने माग गरेका थिए।

प्रदर्शनका क्रममा  प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी पनि गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow